मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

काठमाडौं- ट्रकको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

National life

भक्तपुरबाट काठमाडौं आइरहेको बा३१प ४४४ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३-००१ ख १८८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ठक्करबाट भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको हो। उनको उपचारको क्रममा इन्टरनेशनल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक ४७ वर्षीय चन्द्रलाल शाक्यलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ठिमी वृत्तले पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Mar 12, 2025| 17:49 बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्