नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले होली पर्वलाई सुरक्षित र जिम्मेवार तरिकाले मनाउन अभिप्रेरित गर्दै नयाँ बीमा योजना “होली केयर” सार्वजनिक गरेको छ ।
मात्र १० रुपैयाँमा उपलब्ध यो बीमा योजनाले एक हप्ता सम्मको लागि दुर्घटना बीमा र अस्पताल खर्च सुरक्षा प्रदान गर्दछ।
यस योजनाले होलीमा हुन सक्ने आकस्मिक घटनालाई मध्यनजर गर्दै सुरक्षित र चिन्तामुक्त तवरले पर्व मनाउन सहयोग गर्ने उद्देश्य राखेको छ । इसेवा र हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा ल्याइएको यो बीमा योजनाले डिजिटल प्रविधिको माध्यमबाट सहज रूपमा खरिद गर्न सकिनेछ । यो सेवा इसेवा एप मार्फत लिन सकिनेछ ।
होली पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन इसेवाले सबैलाई सचेत रहन आग्रह गरेको छ।