शनिबार, साउन २३, २०८३

टिपर अनलोड गर्दा सहचालकको मृत्यु

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

काठमाडौंमा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ। कागेश्‍वरी मनोहरा नगरपालिका-७ मूलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति  मृत्यु भएको हो।

सोही नगरपालिका-७ मूलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बा.प्र. ०३-००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भई करेन्ट लागेर टिपरका सहचालक खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 12, 2025| 13:12 बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्