शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रास्वपाका सांसदले नेवार समुदायको चिहानको जग्गा कांग्रेसले हडपेको भनेपछि...

रास्वपाका सांसदले नेवार समुदायको चिहानको जग्गा कांग्रेसले हडपेको भनेपछि...

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले काठमाडौंको तारकेश्वर–९ स्थित लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले हडपेको आरोप लगाएकी छिन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद श्रेष्ठले सो कुरा भनेकी हुन्। श्रेष्ठले यस्तो बोलेपछि नेपाली कांग्रेसका सांसदहरुले बैठकमा होहल्ला गरेका थिए। उनीहरुले उक्त कुरा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका थिए।

सभामुख देवराज घिमिरेले संसद्‍मा कुनै पनि कुरा बोल्दा सांसदहरूले तथ्य र प्रमाणकै आधारमा बोलेको हुनुपर्ने बताए। हटाउनुपर्ने माग गर्नेबित्तिकै हटाउन नसकिने र आफ्नो जिम्मेवारीका साथ अगाडि बढ्न उनले आग्रह गरेका थिए।

रास्वपा सांसद शिशिर खनालले यही विषयमा बोलेपछि सुमनाले पनि दोहोर्‍याएकी थिइन्।

सरकारको नाममा रहेको कित्ता नम्बर ६२ र ६३ को जग्गा कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आएको सांसद खनालको दाबी छ। उनले उक्त जग्गा कांग्रेस नेताले भोगचलन गर्दै आएकोमा स्थानीय बासिन्दाले विरोध गरेको, उजुरी दिएको तर पनि स्थानीय सरकारले जग्गा संरक्षणमा कुनै चासो नदेखाएको बताएका थिए।

सांसद खनालले यो विषय राखेपछि कांग्रेस सांसद राजेन्द्र बजगाईंले उठेर विरोध गरेका थिए।

 

प्रकाशित: Mar 12, 2025| 12:47 बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्