बुधबार, फागुन २८, २०८१

मर्यादित र सभ्य भएर होली मनाउन प्रशासनको अनुरोध

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागू पर्व मनाउन सम्पूर्णमा आग्रह र अनुरोध गरेका छन्।

health

प्रशासनसले सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेको हो। सूचनामा ‘सामाजिक व्यवहार सुधार ऐन तथा नियमावली,ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण गराइएको छ।

फागुमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल पार्ने काम नगर्न प्रशासनले जनाएको छ।  

कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ।

यस्तै, ललितपुर र भक्तपुर प्रशासनले पनि छुट्टाछुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृति अनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन्। फागुन २९ गते बिहीबार पहाडमा र चैत १ गते शुक्रबार तराईमा होली पर्व मनाइँदै छ।

प्रकाशित: Mar 12, 2025| 12:12 बुधबार, फागुन २८, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्