शनिबार, साउन २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पाकिस्तान रेल बन्धक प्रकरण: १५० जनाको उद्धार, १६ विद्रोहीको मृत्यु

पाकिस्तान रेल बन्धक प्रकरण: १५० जनाको उद्धार, १६ विद्रोहीको मृत्यु

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक बनाएकामध्ये कम्तीमा १५० जनाको उद्धार गरिएको छ। त्यस क्रममा १६ लडाकुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूले मंगलबार क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई आफ्नो नियन्त्रणमा लिएका थिए। रेलमा ४०० जनाभन्दा बढी यात्रु चढेको बताइएको छ।

उक्त पृथकतावादी समूहले रेलमा धावा बोल्नुअघि दुर्गम सिबी जिल्लामा रेलको पटरीमा आफूले बम आक्रमण गरेको र रेल आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो। बन्धकहरूलाई मुक्त गर्न सेनाले कारबाही जारी राखेको छ। अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन्।

रेलमा अब कति बन्धक बाँकी छन् भन्ने स्पष्ट भएको छैन। पाकिस्तानी सेनाका एक वरिष्ठ अधिकारीले बीबीसीसँग कुरा गर्दै उक्त रेलमा १०० भन्दा बढी सैनिक चढेको पुष्टि गरेका छन्।

लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए। आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए। बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही संगठन हो। उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ।

प्रकाशित: Mar 12, 2025| 11:27 बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्