काठमाडौं- बेपत्ता भएको १७ दिनपछि एक पुरुषको शव शिवपुरी जंगलमा फेला परेको छ।
काठमाडौंको तार्केश्वर नगरपालिका–६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा महर्जनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।
उनी तार्केश्वर नगरपालिका–३ तीनपिप्लेस्थित पाँचमाने शिवपुरी जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्। यही फागुन १० गतेदेखि उनी हराएका थिए। श्रीमतीसँग सामान्य विवाद भएपछि उनी घर छाडेर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
त्यसैगरी तार्केश्वर नगरपालिका–१० मनमैजु फुलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका–४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।