मंगलबार, पुस ८, २०८२

पाकिस्तानमा ४५० जना चढेको रेल अपहरण

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

पाकिस्तानमा ४५० जना यात्रु चढेको रेल अपहरण भएको छ। बलुच लिबरेशन आर्मी (बीएलए)ले गोलाबारी गरी रेल अपहरण गरेको हो। 

National life

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले घटनाको पुष्टि गरेको बीबीसीले जनाएको छ। क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा भारी गोलीबारी भएको रिपोर्ट आएको छ। आक्रमणमा रेल चालक घाइते भएका बताइएको छ। 

क्वेटाका रेलवे सुरक्षा अधिकारी जिया काकरले त्यस क्षेत्रमा नेटवर्क समस्या भएकाले रेल चालक दलका कुनै पनि सदस्यसँग सम्पर्क हुन नसकेको बताएका छन्।

उनले आक्रमण भएको रेलमा ४ सयभन्दा बढी यात्रु रहेको बताएका छन्। एक सरकारी प्रवक्ताले स्थानीय अस्पतालमा आपतकालीन अवस्था घोषणा गरिएको र एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको बताएका छन्।

क्वेटास्थित रेलवे नियन्त्रण केन्द्रका वरिष्ठ अधिकारी मुहम्मद शरीफले हतियारधारी व्यक्तिहरूले आक्रमण गरेपछि रेल रोकिएको बताएका छन्। बीएलएले आफूहरूमाथि सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको समाचारमा उल्लेख छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 11, 2025| 18:14 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्