बुधबार, साउन १३, २०८३

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली थाइल्याण्ड प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- थाईल्याण्डमा हुने महिला टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महलिा टोली शुक्रबमर दिउँसो थाईल्याण्ड प्रस्थान गरेकोछ । 

नेपाली टिम दिउँसो १:५० बजे प्रतियोगिताका लागि थाईल्याण्ड प्रस्थान गरेको हो । प्रतियोगिता शनिबारबाट सुरु भई जनवरी १८ तारिख सम्म चल्नेछ । नेपालले आफ्नो पहलो जनवरी १२ मा तान्जिनियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । 

त्यस्तै १४ जनवरीमा नामिबिया, १५ मा इन्डोनेसिया र अन्तिम खेलमा नेपालले १७ जनवरीमा कुवेतसँग खेल्ने तालिका रहेको छ । दुई समूहमा विभाजन गरेर खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका विनोद दास रहेका छन् । प्रतियोगितामा आयोजक थाइल्याण्डसँगै, नेपाल, तान्जिनिया, हङकङ, भुटान, इन्डोनेसिया, मलेसिया, कुवेत, एसएल नेभी र नामिबियाले रहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।