मंगलबार, पुस ८, २०८२

बाहुनडाँगीमा हात्तीभन्दा बढी बाँदर आतंक

 |  मंगलबार, फागुन २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

झापा- मेचीनगर नगरपालिका-४ मा हात्तीभन्दा बढी बाँदरले आतंक मच्चाउन थालेको स्थानीयको गुनासो छ।

National life

स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ।कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीय हैरान भएका हुन्।

वडा नं ४ की ४५ वर्षीया लीला बस्नेतले बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था सिर्जना भएको बताइन्। 'बारीको त कुरा छाडौँ, न पकाएर राखेको भात पनि खान पाउन छाडियो,' उनले भने, 'हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन, बसाइ नै हिँड्नुपर्ने भइसक्यो।' उनले पहिला पहिला मान्छे देख्नेबित्तिकै भाग्ने बाँदर अचेल महिला केटाकेटी मात्र देखे भने झम्टिएर आउने गरेको बताइन्।

बारीमा लगाएको मकै, गहुँ, केरा, सुपारीलगायत मौसमी अन्नबाली र फलफूल सबैमा बाँदरले क्षति गर्दै आएको स्थानीय कुसुम गौतमले बताइन्। स्थानीय क्षेत्रको चिया बगान, सामुदायिक वन र बाँसघारीलाई बासस्थान बनाएर बसेका बाँदर नखेद्ने हो भने बाँहुनडाँगीवासीले गाउँ छाडेर हिँड्नुको विकल्प नभएको उनको भनाइ छ। 

मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीले विगत पाँच वर्षदेखि बाहुनडाँगी क्षेत्रमा बाँदरले दुःख दिँदै आएको बताए। उनले हाल बाहुनडाँगीमा जंगली हात्तीको आतंकभन्दा बाँदर आतंक बढी भएको बताए। 'हात्तीले त खेतबारीको अन्नबाली मात्र खाइदिन्थ्यो', उनले भने, 'बाँदरले त चुलोमा पकाएर राखेको भात नै खाइदिँदोरहेछ, यसको नियन्त्रणबारे छलफल भइरहेको छ विधि पत्ता लगाउन सकेका छैनौँ।'

Laxmi sunrise bank
kumari

उनले किसानलाई थोरै भए पनि राहत उपलब्ध गराउने उद्देश्यले वन्यजन्तुबाट अन्नबालीमा पुर्‍याएको क्षतिको वडामा परेका निवेदनका आधारमा राहत दिँदै आएको बताए। उनले किसानलाई राहत दिने उद्देश्यले नै निकट भविष्यमै बाहुनडाँगीवासीका सबै प्रकारका कृषि बालीमा बीमा गरिदिने सोच राखेको बताए। रासस

प्रकाशित: Mar 11, 2025| 20:01 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्