बुधबार, साउन १३, २०८३

नेविसंघका ८ पदाधिकारीले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। 

राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन्। 

महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसकिरहेकाले संगठनले निकास पाउन सक्ने अवस्था नदेखिएको भन्दै पदबाट राजीनामा दिएको उपाध्यक्ष पुष्प कुमार शाहीले बताए। 

विधानतः तीन महिना थप गरेर अधिवेशन गराउन खोज्दा पनि सम्भव नभएपछि पार्टीले २ महिना थप गरेको र थप गरेको समयमा पनि महर नेतृत्वको वर्तमान समितिले निर्वाचन गराउन नसकेकाले संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै राजीनामा दिएको उनले बताए। 

दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।