बुधबार, साउन १३, २०८३

वडाध्यक्ष नै चोर, काठमाडौँको बौद्धबाट पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
डोल्पा- हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । 

उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कर्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो । 

गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए । 

शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्यूरो ९सिआइबी०ले काठमाडौँको बौद्घबाटै पक्राउ गरेको थियो । 

वडाध्यक्षको पक्राउ सम्बन्धमा जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टसँग बुझ्दा मूर्ति चोरीको आरोपमा उनी पक्राउ परेको र पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान जारी रहेको उनले बताए ।  

प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका चार जनालाई केही दिन अगाडि मात्रै जिप्रका डोल्पामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो । 

राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति आठ वर्षअघि नै चोरी भएको भए पनि यसै वर्षको गत असोजको अन्तिम सातामात्रै स्थानीयवासीले थाहा पाएका थिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।