बुधबार, साउन १३, २०८३

देशैभर बद्लियो मौसम, वर्षाको सम्भावना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण शुक्रबार काठमाडौं उपत्यकासहित देशभरको मौसम बदलिएको छ । 

अबको एक दुई दिन देशभरी कै मौसम पूर्ण रुपमा नखुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले केहि स्थानमा वर्षा हुने र भारी हिमपात हुने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । 

उनका अनुसार मौसम देखिएको बदलीका कारण न्यूनतम तापक्रम नघटेपनि अधिकतम तापक्रम बढ्ने छैन् । वर्षासँगै आइतबारबाट मौसम सफा हुने उनले जानकारी दिइन् । 

शुक्रबार बिहान न्यूनतम तापक्रम वृद्धि भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानको न्यूनतम ताक्रम ५ डिग्री सेल्सियस पुगेको  महाशाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।