बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पृथ्वी जयन्तीमा ज्ञानेन्द्रले दिए धम्कीपूर्ण सन्देश

पृथ्वी जयन्तीमा ज्ञानेन्द्रले दिए धम्कीपूर्ण सन्देश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन् ।

उनले एक सन्देश जारी गर्दै पृथ्वीनाराण शाहलाई भुलेकै कारण मुलुक अहिले सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको बताएका छन् । 

देशलाई एक बनाउने र राष्ट्र निर्माण गर्ने व्यक्तिलाई भुलेर मुलुक उभो नलाग्ने उनको भनाइ छ । उनले शुभकामना सन्देशमा लेखेका छन्, ‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हुँदैन ।’

उनले घुमाउरो शैलीमा पृथ्वीनारायण शाहलाई बिर्सिने र राजतन्त्र हटाएउने जस्ता काम गरेकै कारण मुलुक समस्यै समस्याको भूमरीमा फसेको बताएका छन् । 

उनले शुभकामना सन्देशमा लेखेका छन्– राष्ट्र निर्माण गर्ने वीर वीरङ्गनालाई भुलेर, अलमलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको छ ।’ उनले राष्ट्र निर्माण गर्ने मान्छे कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।