बुधबार, साउन १३, २०८३

मेस्सी विनाको बार्सिलोना लेभान्टेसँग पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- कोपा डेल’रेमा कप्तान लियोनल मेस्सी विना मैदान उत्रेको बार्सिलोना पराजित भएको छ ।   शुक्रबार बिहान लेभान्टेको घरेलु मैदानमा भएको अन्तिम १६ को खेलमा मेस्सी विनाको बार्सिलोना लेभान्टेसँग २-१ ले पराजित भएको हो ।

लेभान्टेको जितका लागि इरिक केबाको र बोर्जा मायोरलले एक एक गोल गर्दा यता पाहुना टोलीका लागि फिलिप्पे काउटिन्होले गरेका थिए । घरेलु टोलीलाई खेलको चौथो मिनेटमा नै इरिकले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । 

उनले रुबेन रोचिनाको पासमा गोल गरेका थिए । त्यसपछि खेलको १८औं मिनेटमा यसै सिजनको सुरुमा रियल मड्रिडबाट गएका बोर्जा मायोरलले गोल गरेपछि पहिलो हाफमा लेभान्टेले बार्सिलोनाविरुद्ध २-० को अग्रता बनाएको थियो । 

तर, दोस्रो हाफमा बार्सिलोनाका काउटिन्होले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । उनले ८५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरेकाथिए । 

तर, थप गोल गर्न नसक्दा बार्सिलोना घरेलु टोलीसँग २-१ ले पराजित भएको हो । पहिलो लेगमा हारेपछि अब बार्सिलोनामाथि आफ्नो घरमा हुने दोस्रो लेगको खेलबाट नतिजा उल्टाउनुपर्ने हुन्छ । दोस्रो लेगको खेल जनवरी १८ मा बार्सिलोनाको घरमा हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।