मंगलबार, चैत २४, २०८२

तीन प्रदेशको बक्सिङ छनोट सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
धनगढी- वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि प्रदेश ५, ६ र ७ को खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि धनगढीमा सुरु भएको छ ।

प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा १ सय खेलाडीको सहभागिता रहेको राष्ट्रिय प्रतियोगिता मुल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।

प्रदेश ५ तर्फ पुरुष ५२ केजीमा दाङका पवनकुमार विक र रोल्पाका समिर चौधरी, ५६ केजीमा रोल्पाका रामप्रसाद पुन मगर, दाङका चन्द्रज्योति थापा र बाँकेका नवीन घर्ती, ६० केजीमा पूर्वी रुकुमका अनिलकुमार पुन मगर र कपिलवस्तुका अमरबहादुर थापा, ६४ केजीमा बाँकेका विशाल रेग्मी र रोल्पाका विपिन रोक्का मगर तथा ६९ केजीमा रोल्पाका अर्जुन पुन मगर सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रदेश ६ अन्तर्गत पुरुष ५२ केजीमा पश्चिम रुकुमका जीवनकुमार पुनले जुम्लाका सुधन भण्डारीलाई पराजित गरी फाइनल पुगे । त्यसैगरी, प्रदेश ७ को पुरुष ४९ केजीमा डडेल्धुराका सुरज बम तथा ५२ केजीमा डडेल्धुराका भुवन विष्ट, बझाङका निर्मल सुवेदी र कैलालीका आशिष विष्टले सेमिफाइनल यात्रा तए गरे ।

आ-आफ्नो स्पर्धामा पहिलो हुने खेलाडी माघ २२ देखि २६ गतेसम्म काठमाडौंमा गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने राष्ट्रिय प्रतियोगितालाई छनोट हुनेछन् । यसअघि प्रदेश १, २, ३ र ४ मा छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।