बुधबार, साउन १३, २०८३

प्रिन्स र रशिला उपाधी नजिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- यु-१५ का शिर्ष बरियताका प्रिन्स दाहाल र रशिला महर्जन राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा उपाधी निकट पुगेका छन् । प्रिन्सले यु-१९ एकलमा शिर्ष २ का रुकेश महर्जनलाई २१-१३, २१-१७ ले तथा यु-१५ मा हिमाल चन्द माथि २१-६, २१-२ को जित निकाल्दै दुवै विधाको उपाधी निकट पुगेका हुन् ।

यस्तै रशिला यु-१९ एकल र युगल तथा यु-१५ गरि तीन विधामा उपाधी निकट पुगेकी छिन् । रशिलाले यु-१९ मा रञ्जना भट्टलाई २१- ९, २१- १२ ले पाखा लगाउँदै फाईनलमा यु-१९ की शिर्ष बरियताकी जेशिका गुरुङ्ग संगको भेट पक्का गरेकी हुन् । जेशिकाले सिमा राजबंशीलाई २१-१२, २१-६ ले पराजित गरेकी हुन् ।

यु-१५ तर्फ पनि रशिला रोज पाण्डेमाथि २१- ७, २१- ५ ले जित निकाल्दै फाईनल प्रवेश गरिन् । यस्तै यु-१९ तर्फ पनि रशिला फाईनल प्रवेश गरिन् । जेशिका गुरुङ्ग संगको जोडी बनाएकी रशिलाले सेमिफाईनलमा बिश्ना बिष्ट र स्मृती राईको जोडी बाट वाक ओभर प्राप्त गर्दै उपाधी नजिक पुगेकी हुन् ।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु-१९ ब्वाईज एकल तर्फ शिर्ष बरियताका प्रफुल महर्जन पविन लिनथेपलाई २१-११, २१-११ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गर्न सफल भएका छन् । अब उनले उपाधीका लागि प्रिन्स दाहालको सामना गर्ने छन् । प्रिन्स दोहा ईन्टरनेशनल जुनियर ब्याडमिन्टनका उपाधी बिजेता हुन् ।

सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु-१५ गल्र्स तर्फको खेलमा बिश्ना बिष्ट घुँडामा चोटका कारण खेल खेल्न नसकी रिटायर्ड भएका कारण स्मृती राईले फाईनल यात्र शुखद बनाईन् ।

 ५- ३ को अग्रता लिईरहेको अवस्थामा बिश्नालाई घुँडाके चोट बल्झेको थियो । अव स्मृतीले रशिलासंग उपाधीका लागि भिड्ने छिन् । ब्वाईजको सोहि विधा तर्फ म्यानमारका ज लिन थु नेपालका रोशन साउदलाई २१- ४ र २१- १५ ले पाखा लगाउँदै उपाधीका लागि प्रिन्स संगको भेट पक्का गरे ।

यु-१९ गल्र्स युगल तर्फको खेलमा सिमा राजबंशी र निता लम्सालको जोडी फाईनल प्रवेश गरे । अव उनीहरुले जेशिका र रशिलाको जोडी संग फाईनलमा प्रतिस्पर्धा गर्ने छन् । सिमा र निताको जोडीले रञ्जना भट्ट र रोज पाण्डेको जोडीलाई २१- १३, २१- १३ को समान अन्तरले पन्छाएका हुन् ।

ब्वाईज तर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडी फाईनल प्रवेश गरे । महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीलाई २१-१०, २१-११ ले पराजित गर्दै फाईनलमा म्यानमारका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्ने भएका छन् । अर्को खेलमा म्यानमारका खेलाडीहरु ज लिन थु र थु रिनको जोडीले नेपालका पविन लिनथेप र दिवश बिश्वकर्माको जोडीलाई २१- १८, २१- १४ ले पराजित गरे । भोली शुक्रबार प्रतियोगिताको फाईनल खेल अपरान्ह १:०० बजे बाट हुने कार्यक्रम रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।