बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • व्यक्तिगत लगानीमा वर्षमा दर्जन बढी विद्यालयमा अक्षयकोष स्थापना

व्यक्तिगत लगानीमा वर्षमा दर्जन बढी विद्यालयमा अक्षयकोष स्थापना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- व्यक्तिगत लगानीमा परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साउँदले दर्जनौं विद्यालय लाखौंको अक्षयकोष स्थापना गरेका छन्। भित्रीमदेशका एक दर्जनभन्दा बढी सामुदायिक विद्यालयमा एक लाख भन्दा बढीका दरले अध्यक्षकोष स्थापना गरेका हुन। गरिब, जेहेन्दार, अल्पसंख्याकका बालबालिकाहरुलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिन थालिएको नगर प्रमुख साउँदले बताए।
 
‘गरिब, जेहेन्दार, अल्पसंख्याकका बालबालिकाहरुलाई अध्ययनमा सहयोग अक्षयकोष स्थापनाको अभियान नै शुरु गरेको छु।’ नगर प्रमुख साउँदले भने, ‘नगर क्षेत्रमा पर्ने सबै ६४ वटै सामुदायीक बिद्यालयमा पाँच बर्ष भित्र अक्षयकोष स्थापना गरिनेछ।’
 
नगर प्रमुख साउँदले आफ्नो व्यक्तिगत आम्दानीबाट परशुराम नगरपालिका क्षेत्रका ६४ वटै सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गर्न शुरु गरेका छन्। अक्षयकोषबाट प्रत्येक बर्ष गरिब, जेहेन्दार, अल्पसंख्यक बालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरिने छ।
  
अक्षयकोष  स्थापना सँगै भित्रीमदेश क्षेत्रमा शैक्षिक गतिबिधि तिब्र हुन थालेका  भागेश्वर माध्यमिक बिद्यालय सलुन  शिक्षक करबिर बोहराले बताए।
 
पछिल्ला एक बर्ष यता भागेश्वर माद्यमिक बिद्यालय बसौटीमा १ लाख, भागेश्वर माबि कटाल, १ लाख भागेश्वर माबि सलौन १ लाख, शिबशंकर माबि सादनीमा १ लाख, शिद्धनाथ माबि चन्दनीमा १ लाख, बैजनाथ माबि जमरानीमा १ लाख, शिद्धनाथ माबि जोगबुडामा १ लाख जनज्वती माबिमा गाईबाद्वे १ लाख गरि दश वटा बिद्यालयमा अक्षयकोष स्थापना भईसकेका छन् । भने बाँकी बिद्यालयहरुमा अगामी बर्ष अक्षयकोष खडा गरिने नगर प्रमुख साउँदले बताए।
 
आधारभूत तह, माद्यमिक तहका सामुदायिक बिद्यालयहरुमा ब्यक्तिगत सहयोगमा  अक्षयकोष स्थापना गरी शैक्षिक सुधारमा महत्वर्पुण सहयोग गरेको बैजनाथ माबि प्रधानाध्यापक तेजबहादुर बिष्टले बताए।
  
गरिब, जेहेनदार, बिपन्न, अनाथ, बालिबालिकालाई बिद्यालयमै पुगेर अक्षयकोष स्थापना गर्न थालेका हुन । जिल्लाकै सबै भन्दा पिछडिएको क्षेत्रमा शैक्षिक गुणस्तर सुधार गर्न यो अभियानकै रुपमा संचालन गरिएको नगर प्रमुख साउँदले बताए। जिल्लाकै ४० हजार जनसंख्या रहेको भित्रीमद्येश क्षेत्रमा सामुदायिक र संस्थागत गरि ७५ वटा बिद्यालय रहेका छन्।  शैक्षिक सुक्षार गर्न ब्यक्तिगत रुपमा सुरु गरेको अभियानलाई सबै क्षेत्रले अभियानकै रुपमा संचालन गर्न अति आवश्यक रहेको शिक्षकहरु बताउँछन्।
 
नगरपालिका क्षेत्रका कुनै सुबिधा नलिने घोषणा गरेका नगर प्रमुखले पाउने दैनिक भत्ता र सेवा  सुबिधाको लागि मेयर कोष स्थापना गरि गरिब, असाहाय, जेष्ठनागरिक, अपाङगता भएका ब्यक्ति, महिला, पिछडिएका बर्गलाई बिभिन्न तवरबाट आर्थिक सहयोग गर्दै आएका छन्। नगर प्रमुखले एक चिया कप बाहेक नगरपालिकाबाट अरु कुनै सुविधा लिने गरेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।