मंगलबार, चैत २४, २०८२

बार्सिलोना फर्किने नेयमारको गोप्पे वार्ता सफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिलियन स्टार नेयमार यस सिजनको अन्यमा बार्सिलोना फर्किने पक्काजस्तै भएको खबर बाहिरिएको छ । केहि दिन अघि मात्र बार्सिलोना फर्किन नेयमारले आफ्ना वार्ता सदस्य खटाएका खबर बाहिरिएको थियो । 

यो सिजनको अन्त्यसँगै क्लब पिएसजीमाथि नेइमार र अर्का युवा खेलाडी केलियन एमबाप्पेमध्ये एक खेलाडी बेच्नुपर्ने बाध्यता छन् । खेलाडी किन्न बढी रकम खर्चेको आरोपमा छानबिन खेप्दै आएको पिएसजीले नेइमार बेच्ने सम्भावना बढी रहेको बताइन्छ । 

यस्तो स्थितिमा बार्सिलोनाले पनि आफ्ना पूर्वखेलाडीलाई पुनः फर्काउन सक्ने चर्चा यो सिजनको सुरुबाटै चल्दै आएको छ । नेइमार २ वर्षअघि विश्वकीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना छाडेर पिएसजी पुगेका थिए । 

अन्तर्राष्ट्रिय मिडियाका अनुसार बार्सिलोनाका अधिकारीसँग गोप्य रूपमा बसेको छलफलमा ‘गोप्य सहमति’ समेत भएको बताइएको छ । नेयमार पिएसजीमा खुसी हुन नसकेका कारण क्लब छोड्न लागेको खुलासा भएको छ । 

यसअघि अन्तर्राष्ट्रिय मिडियामा नेइमारले विभिन्न माध्यमबाट आफू बार्सिलोनामै पुनः आबद्ध हुन चाहेको बताएको खबर आएका थिए । गत नोभेम्बर महिनामा नेइमारका बुबाले लन्डनमा बार्सिलोनाका एजेन्टसँग छलफल गरेको खबर आएको थियो । 

सो समयमा नेइमारका बुबाले आफ्नो छोरा भविष्यमा पुनः बार्सिलोनाको जर्सीमा देखिन सक्ने भन्दै नेइमारको बार्सिलोना फिर्तीको संकेत दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।