धनगढी- विदेशी खेलाडी अर्मन्डकको ह्याट्रिकको मद्दतले च्यासल युथ क्लब तेस्रो अन्तर्रास्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्डमा विजयी भएको छ । धनगढी रंगशालामा बिहिबार भएको खेलमा दिल्ली फुटबल क्लबलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
देल्लीलाई फराकिलो अन्तरले पराजित गर्न अर्मन्डले ह्याट्रिक गरेका थिए भने अन्य खेलडी सन्जोक राई, हेमन्त थापा मगर र सन्त बहादुर गुरुङले समान एक एक गोल गरे । खेलको १४ औं मिनेटमा सन्जोकको गोल मार्फत च्यासलले खेलमा सुरुवाती अग्रता लिएको थियो ।
उनले एल्भीसको पासमा सहजै गोल गर्दै च्यासललाई अगाडि बढाए । त्यसपछि लगातार पोस्टमा आक्रमक गरेको च्यासलले केही अवसर खेर फालेको थियो । खेलको १८ औं मिनेटमा देल्लीका गोलरक्षक अघि बढेको अवस्थामा पाएको मौकामा गरेको सजिन थापा मगरको प्रहार देल्लीका डिफेन्डरले क्लियर गरि दिएका थिए ।
त्यसपछि २२ औं मिनेटमा पुन सजिनकै प्रहार करसर बाार माथि बाहिरिएको थियो । ३१औं मिनेटमा हेमनले गोल गर्दै च्यासलको अग्रता दोब्बर पारे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको भित्री भागमा लाग्दै गोलमा परिणत भयो ।
खेलको ३९ औं मिनेटमा अर्मन्डले गोल गर्दै अग्रता तेब्बर पारे । उनले सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए । पहिलो हाफमा ३-० ले अग्रता लिइएको च्यासलले दोस्रो हाफमा थप तीन गोल गर्यो ।
खेलको ६१ औं मिनेटमा अर्मन्डले व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता ४-० को पारे । ७३ औं मिनेटमा अर्मन्डले ह्याट्रिकपुरा गरे । उनले कर्नरबाट प्रहा गरेको बल गोलरक्षाको गल्तीका रकारण सिधै गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको अन्य तिर हेमन्त थापा मगरको स्थानमा मैदान प्रवेश गरेका सन्त बहादुरले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । यस जितसँगै च्यासलले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
च्यासलले अब रुस्लान थ्रीस्टारको सामना गर्नेछ । विजयी टोलीका प्रशिक्षक राजुकाजी शाक्यले नयाँ मैदान भएपनि डेब्यु गरेका फरवार्डले उत्कृष्ट प्रदर्शन गरेपछि जित सम्भव भएको बताए ।
पराजित टोलीका प्रशिक्षक बिएस मेहेराले पहिलो रोजाईका ६ खेलाडी भारतमा व्यस्त भएको हुँदा सोचेअनुरुप खेल्न नसकेको बताए । शुक्रबार हुने खेलमा रुपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सीएमजी क्लब संकटाको सामना गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४