बुधबार, साउन १३, २०८३

धनुषाबाट मरिच तस्करीको गिरोह प्रहरी खोरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रहरीले धनुषाबाट मरिच तस्करी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले तस्करीको मरिचसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषा नगराईन नगरपालिका-१ बस्ने ३४ वर्षीय रजय यादव, ३१ वर्षीय लालु यादव, भारत मधुबनी बस्ने १९ वर्षीय मनिसकुमार महतो, सोहि ठाउँका २० वर्षीय राकेश महतो र २६ वर्षीय सन्तोष राम रहेको प्रहरीले जनाएको छ।

बोरामा राखेर मोटरसाइकल चढी जाँदै गरेको अवस्थामा बुधबार राती साढे १२ बजे गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नगराईन नगरपालिका –६ स्थित लगमा टोलबाट पक्राउ गरेको थियो।

उनीहरुको साथबाट ६ वटा मोटरसाइकल र १२ बोरा (अन्दाजी ३ क्विन्टल) मरिच बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । नियन्त्रणमा लिइएका मरिच आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।