मंगलबार, असार २३, २०८३

पोखरामा यसरी हुँदैछ १३औं साफको तयारी [तस्बिरहरू]

नेपाली राष्ट्रिय फुटबल टिम अहिले अभ्यासको लागि पोखरास्थित पोखरा रंगशालामा छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिम अहिले अभ्यासको लागि पोखरास्थित पोखरा रंगशालामा छ।

१० दिनको ब्रेकपछि गएको बुधबारबाट नेपाली टिमको अभ्यास सुरु भएको हो। कतारी मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा राष्ट्रिय टिमले अभ्यास गरिरहेको छ।

गत वर्ष नै बंगलादेशमा आयोजना गर्ने भनिएको १३औं साफ च्याम्पियनसिप कोरोना महामारीका कारण एक वर्ष धकेलिएको थियो।

नेपालले आयोजनाको इच्छा गरे पनि साफले अक्टोबर १ बाट १३ सम्म हुने साफ गराउने जिम्मा माल्दिभ्सलाई दिएको छ। अब माल्दिभ्समा साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ।

सो प्रतियोगिताका लागि नेपाली टिम केही समय अघिबाट बन्द प्रशिक्षण गरिरहेको छ। सुरुमा ५० खेलाडी बोलाइएको बन्द प्रशिक्षणबाट १३ खेलाडी घटाएर अहिले ३७ खेलाडी प्रशिक्षणमा छन्।

साफ च्याम्पियनसँगै एएफसी कप छनोटअन्तर्गत नेपालले अन्तिम चरणको छनोट पनि खेल्न बाँकी छ।

अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडी

अहिले बन्द प्रशिक्षणमा गोलकिपर किरण कुमार लिम्बू, दिप कार्की, विकेश कुथू, विशाल श्रेष्ठ, अर्पण कार्की रहेका छन्।

खेलाडीहरूमा आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्क कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितीन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, राजिव लोप्चन, रन्दिप पौडेल, रन्जित धिमाल, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सनिल बल, सुरज ज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङरहेका छन्।



प्रकाशित: Aug 16, 2021| 09:19 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।