काठमाडौं- फिदा हुसेनको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
कार्यालय विशेष ब्यूरो, प्रहरी प्रधान कार्यालय अनुसन्धान व्यूरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय इकाइ कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका ३८ जनाको समुहले तीनै जनालाई समात्न सफल जनाएको छ। उनीहरुको साथबाट हतियार, गोली, खोका र चक्कु राखिएको झोला, एक कटुवा पेस्तोल र एक थान गोलीको खोलसमेत बरामद गरेको छ।
पक्राउ पर्नेमा महोम्मद सकुन दुहबी नगरपालिका-९ का २८ बर्षीय महोम्मद सकिम हुसेन, सोहि वडाका ३१ वर्षीय महोम्मद जाबिर हुसेन र दुहबी १२ का ६० बर्षीय विश्वम्बर यादव रहेका छन। हत्याकै आरोप लागेका दुहबी ८ का रन्जित मेहेता भने फरार भएको सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए।
हत्या भएको ५१ दिनपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले थप अनुसन्धान जारी भएको बताएका छन।
फिदा हुसेनलाई दुहबी-९ को छाताबेलीस्थित नगरको पुलमा बिहान ६ बजे गोली हानी हत्या भएको थियो। मर्निङ वाकका क्रममा श्रीमतीसँगै भएको बेला हुसेनको हत्या भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४