बुधबार, चैत १८, २०८२

ट्रम्पसँगको सम्बन्ध सुधार्न सकिन्छ : जेलेन्स्की

 |  शनिबार, फागुन १७, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०८१

वासिङटन- युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकासँगको आफ्नो सम्बन्ध अझै सुधार गर्न सकिने बताएका छन्। शान्ति स्थापना गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चकाचर्की भएपछि त्यहाँको टेलिभिजन फक्स न्युजसँग उनले यस्तो बताएका हुन्।

National life

फक्स न्युजसँगको अन्तर्वार्तामा ‘ट्रम्पसँगको सम्बन्धलाई बचाउन सकिन्छ कि ?’ भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, ‘पक्कै पनि।’

अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपतिभन्दा बढी’का निम्ति रहेको उनले बताए। युक्रेनलाई रुसको ठूलो र शक्तिशाली सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङटनको सहयोगको खाँचो रहेको उनले उल्लेख गरे।

जेलेन्स्कीले ट्रम्पको मन पर्ने समाचार च्यानल फक्ससँग भने, ‘अमेरिका र ट्रम्पको समर्थनबिना यो यात्रा पक्कै कठिन हुनेछ।’

राष्ट्रपति ट्रम्पले शुक्रबार सञ्चारकर्मीसँग जेलेन्स्कीले ‘बढी खेलिरहेको’ र तत्काल युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताएका थिए।

kumari

‘तपाईं ट्रम्पसँग माफी माग्न चाहनुहुन्छ त ?’ भन्ने प्रश्नमा जेलेन्स्कीले अस्वीकार गर्दै फक्स न्युजसँग भने, ‘हामीले केही नराम्रो गरेका छौँ भन्ने मलाई लाग्दैन। यद्यपि, उहाँले पत्रकारहरूको अगाडि विवादको विषयलाई धेरै आदानप्रदान नहोस् भन्ने आफूले चाहेको बताउनुभएको थियो।’

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीलाई ‘हाम्रो समय खेर फालेकोमा माफी माग्न’ आग्रह गरेका छन्। -एएफपी

प्रकाशित: Mar 01, 2025| 14:01 शनिबार, फागुन १७, २०८१
प्रतिक्रिया दिनुहोस्