बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ला लिगामा बार्सिलोना र एट्लेटिको जित, समर्थकले लगाए मेस्सीको जर्सी नम्बर १०

ला लिगामा बार्सिलोना र एट्लेटिको जित, समर्थकले लगाए मेस्सीको जर्सी नम्बर १०

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत आइतरबार राति तीन खेल सम्पन्न भएका छन्। आइतबार रातिको पहिलो खेलमा साविक विजेता एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग २–१ गोलको जित निकालेको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत आइतरबार राति तीन खेल सम्पन्न भएका छन्। आइतबार रातिको पहिलो खेलमा साविक विजेता  एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग २–१ गोलको जित निकालेको छ।

National life

अन्तिम समयमा दुवै टिम १० खेलाडीमा समेटिएको खेलमा एट्लेटिको मड्रिडका लागि एन्जल कोर्रियारले दुई गोल गरेका थिए।

खेलको २३औं मिनेटमा मिडफिल्डर थोमस लेमारले दिएको पासलाई सदुपयोग गर्दै कोर्रियाले गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो।

तर, ५९औं मिनेटमा इगो असपसले पेनाल्टीको सदुपयोग गर्दै गोल गरे। सो गोलपछि सेल्टाले खेलमा बराबरी गरेको थियो। यद्यपी सउलको पासमा ६४औं मिनेटमै कोर्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई पुनः अग्रता दिलाए। सोही अग्रताका साथ एट्लेटिकोले खेल जित्यो।

इन्ज्युरी समयको पाँचौ मिनेटमा सेल्टाका ह्युगो माल्लो र एट्लेटिकोका मारियो हेर्मोसो आपसमा भिडेपछि रेफ्रीले दुवै खेलाडीलाई मैदानबाहिर पठाएका थिए। माल्लोले दोहोरो पहेँलो कार्ड पाए भने हेर्मोसोले सीधा रेड कार्डको सजाय पाएका थिए।

Laxmi sunrise bank
kumari



ला लिगाकै अर्को खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले हराएको छ। बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले दुई गोल गरे भने जेरार्ड पिके र सर्जियो रोबर्टोले समान १–१ गोल गरे।

आफ्नो तलबले बाँकी खेलाडीको अनुबन्धमा असर परेपछि आफ्नो तलब घटाएका डिफेन्डर पिकेले लिगको पहिलो खेलमै गोल गरे।

यो सिजनसँगै बार्सिलोनाले २१ वर्षपछि लियोनेल मेस्सी विना आफ्नो खेलयात्रा सुरु गरेको छ। र, त्यो यात्रमा सुखद् सुरुआत गरेको छ। यता क्याम्प नोउमा उपस्थित बार्सिलोनाका २२ हजार समर्थकले मेस्सीको १० नम्बर अंकितथ जर्सी लगाएका थिए।

समर्थकलले क्लबका सर्वाधिक गोलकर्ता मेस्सीको सम्मानमा गीतसमेत गाएका थिए। मेस्सी अघिल्लो हप्तानै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भइसकेका छन्। यता खुट्टाको चोटका कारण सर्जियो अग्युरोले प्यारापिटबाट खेल हेरेका थिए।

यता सोसिडाडका जुलेन लेबेटे र मिकेल ओयलजबलले एकएक गोल फर्काएका थिए। शनिबार रातिको अन्तिम खेलमा सेभियाले सेकुन्डाबाट पछिल्लो सिजन मात्र बडुवा भएको रायो भ्यालेन्कोलाई ३–० गोलले हराएको छ।

यो जितसँगै एट्लेटिको, बार्सिलोना र सेभियाले समान ३–३ अंक जोडेको छ। यद्यपी शनिबारको खेलमा जित निकालेको रियल मड्रिड शीर्षस्थानमा छ। सेभिया, बार्सिलोना र एट्लेटिको क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। समान तीन अंक भएको अर्को क्लब भ्यालेन्सिया पाँचौ स्थानमा छ।

प्रकाशित: Aug 16, 2021| 08:40 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।