काठमाडौं – मिस नेपाल शृंखला खतिवडा फ्रान्सका लागि सद्भावना दूत नियुक्त भएकी छन्। परराष्ट्र मन्त्रालयमा बुधबार भएको नेपाल र फ्रान्सका विदेश सचिवको बैठकपछि शृंखला सद्भावना दूत नियक्त भएकी हुन्।
आउँदो अप्रिलमा नेपाल र युरोपेली मुलुक फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भएको ७० पुग्दै छ। काठमाडौंस्थित फ्रान्सेली दूतावास र परराष्ट्र मन्त्रालयले सन् २०१९ भरि नै विभिन्न कार्यक्रम गरी दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउँदै छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनको नाम प्रस्ताव गरेका थिए। बुधबार काठमाडौं आएका फ्रान्सेली विदेश सचिव मोरिस गर्दो मोन्तान र परराष्ट्र सचिव शंकरदास बैरागी दुईपक्षीय बैठक भएको थियो। सोही बैठकले मिस नेपाल श्रृखला खतिवडालाई नेपाल–फ्रान्स ७०औँ वार्षिकोत्सवकी सदभावना दूत नियुक्त गरेको हो।
मिस वर्ल्डको अन्तिम १२ सम्म पुगेकी श्रृंखलालाई आजै वैरागी र मोन्तानले सद्भावना दूतको प्रमाणपत्र दिए।
सद्भावना राजदूतमा नियुक्त भएपश्चात शृंखलाले आफूले फ्रान्समा गएर नेपालका हिमालहरूको मात्र नभई नेपाली संस्कृतिको पनि प्रभार–प्रसार गर्ने बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४