बुधबार, साउन १३, २०८३

बम्जनमाथि प्रहरीको सुक्ष्म अनुसन्धान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - तपस्वी रामबहादुर बम्जनका बारेमा प्रहरीले गम्भीर अनुसन्धान थालेको छ। आश्रमबाटै विभिन्न व्यक्तिहरू बेपत्ता पारेको आरोप लागेपछि उनीमाथि छानबिन गर्न उनका अनुयायीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो।

बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आश्रमका महात्मा गुरु भनिने सर्लाहीका गोपाल योञ्जन र मकवानपुरका इन्द्रबहादुर स्याङ्तान रहेको सिन्धुलीका एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए। यादवले भने, ‘सोधपुछका लागि उनीहरूलाई पक्राउ गरेका हौं। अब बम्जनका बारेमा थप अनुसन्धान अघि बढ्नेछ।’ उनीमाथिको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ९सिआइबी० टोली सक्रिय भएको छ।

बम्जनका आश्रम रहेका जिल्ला बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ मा विशेष अनुसन्धान गर्न थालिएको सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। प्रवक्ता चतुर्वेदीले बम्जनका बारेमा छानबिन भइरहेकाले थप केही बोल्न नमिल्ने बताए।

बम्जन आश्रमबाट सञ्चलाल वाइबा, फूलमाया वाइबा, कर्मा वाइबा र सुरेश आलेमगर हराएको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरूको खोजीका लागि प्रहरीले बम्जन सम्बद्ध बोधी श्रमवण धर्म सेवा संघका देशभरका आश्रममा निगरानी बढाएको छ। बेपत्तामध्ये तीन अनुयायीका आफन्तले खोजीका लागि मकवानपुर, बारा र नुवाकोटमा निवेदन दिएका छन्।

मकवानपुरकी फूलमाया रुम्बा सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रमबाट हराएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा परेको छ। फूलमाया २०७१ माघदेखि बेपत्ता भएको उनका भाइ विजयले निवेदनमा उल्लेख गरेका छन्।

तर सिन्धुली प्रहरीमा भने कुनै उजुरी परेको छैन । बम्जन अहिले सिन्धुलीको कमलामाई नगरपालिका–१ सिलाङे भन्ने ठाउँमा आश्रम बनाएर बसिरहेका छन् । उनीमाथि आश्रममा गएका आफन्तलाई बेपत्ता पारेको, अभद्र व्यवहार गरेको, सम्पर्क गर्न नदिएको लगायतका आरोप छन्।

सन् २०१० मा उनी र उनका अनुयायीमाथि १७ जना सर्वसाधारणलाई कुटपिट गरेको आरोप लागेको थियो। सन् २०१२ मा बम्जनले बन्धक बनाएको स्लोभाककी एक महिलालाई दुई महिनापछि प्रहरीले मुक्त गरेको थियो।

यसअघि सिन्धुली कुशेश्वर दुम्जा स्थायी घर भई दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलमा गुम्बा चलाएर बसेका गुरु रिम्पोछे छुल्ठिम दोर्जे यान्तान टुल्कु लामा पनि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका थिए। रिम्पोछे छुल्ठिमलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। हाल उनी महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जेल सजाय भोगिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।