बुधबार, साउन १३, २०८३

जापानका विदेशमन्‍त्रीले बालुवाटारमा मनाए 'बर्थ डे'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कानो तारोले बालुवाटारमा जन्मदिन मनाएका छन् । बिहीबार बिहान प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गर्दै उनले बालुटारमै जन्मदिन मनाएका हुन् ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले कानोलाई बधाई दिएका थिए । कानो ५६ वर्षमा प्रवेश गरेका छन् । उनले नेपालका प्रधानमन्त्रीसँग जन्मदिन मनाउने अवसर पाएको भन्दै खुसी व्यक्त गरे । 

यस्तै प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्रीबीच भएको भेटमा नेपाल र जापानबिच भएको हवाई सम्झौताका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए। 

त्यस्तै परराष्ट्रविद भट्टराईले प्रधानमन्त्रीसँगको भेटमा जापानले कृषि क्षेत्रमा पनि लगानी गर्न इच्छुक रहेको बताए। त्यस्तै नेपाली श्रमिकहरु लैजानका लागि माघ महिना भित्रै सबै कानुनी प्रक्रिया टुंग्याउने बारेमा पनि छलफल भएको भट्टराईले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।