दिल्ली- गत बर्ष इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि दिल्ली क्यापिटल्समा अनुबन्धित भएका नेपाली राष्ट्रिय टोलीका लेगब्रक स्पिनर सन्दीप लामिछानेको पारिश्रमिक नबढ्ने भएको छ ।
उनले यस बर्षमा पनि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेबापत २० लाख भारु नै पाउने भएका छन् । गत बर्षको अक्सनमा उनलाई २० लाख भारुमा दिल्ली क्यापिटल्सले आफ्नो टिममा भित्र्याएको थियो ।
जुन सन्दीपको यो तीन बर्षे सम्झौता थियो । त्यसैले सन्दीपले दिल्लीले चाहेको खण्डमा अर्को संस्करणपनि आईपीएल दिल्लीबाट सोहि मुल्यमा खेल्नुपर्ने हुन्छ । तर, त्यो भने अर्को सिजनमा नै हेर्न सकिनेछ ।
गत सिजनमा दिल्लीबाट लिगका अन्तिम ३ खेल खेल्दै सन्दीपले ५ विकेट लिएका थिए । पछिल्लो समय अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगहरुमा उत्कृष्ट प्रदर्शन गरि रहेका सन्दीपलाई यसअघि नै दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा पुनः १२ औं संकरणका लागि रिटेन गरेको थियो ।
आगामी मार्च २३ देखी भारतका विभिन्न सहरमा सुरु हुँदैछ । यसका लागि सहभागी सबै टोलीले खेलाडी अनुबन्ध, रिटेन र रिलिज गरिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४