बुधबार, साउन १३, २०८३

घोराही कारागारभित्रै एक थुनुवाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लमही- जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो । 

हातखुट्टा सुन्निने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने ७ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । उनको शव परीक्षणका लागि सोही प्रतिष्ठानमा राखिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।