मंगलबार, चैत २४, २०८२

रामोसको १ सय गोल पुरा भएसँगै रियल लेगानेससँग विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- सर्जियो रामोसले आफ्नो फुटबल करियरमा १ सय गोल पुरा गरेसँगै रियल मड्रिड विजयी भएको छ । बुधबार राति भएको स्पेनिस कोपा डेल रे फुटबलमा लेगानेसविरुद्ध १ गोल गर्दै रामोसले आफ्नो फुटबल करियरमा १ सय गोल पुरा गरेका छन् । 

घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लेगानेसलाई ३-० ले पराजित गर्द कप्तान रामोसले एक गोल गरेका थिए । पहलो हाफमा घरेलु टोलीलाई १-० गोलको अग्रता दिलाउन रामोसले पेनाल्टी मार्फत गोल गरेका थिए । 

लिगको अन्तिम १६ को पहिलो लेगमा रियलका लागि थप गोल लुकास भास्केज र भिनिसियस जुनियरले गरेक थिए । त्यसपछि खेलको ६८ औं मिनेटमा भास्केजले गोल गर्दै  रियलको अग्रता दोब्बर पारे । 

उनले भिनिसियस जुनियरको पासमा गोल गरेका गिए । त्यसपछि खेलको ७७ औं मिनेटमा जुनियरल नैे गोल गर्दै रियललाई ३-० को सहज जित दिलाए । उनले अलाभोरा ओड्रियोजोलाको पासमा गोल गरेका थिए ।

यो जितसंगै रियल कोपा डेल रे फुटबलको अन्तिम आठ नजिक पुगेको छ । अब रियलले जनवरी १६ मा उसैको मैदानमा लेगानेससँग दोस्रो लेग खेल्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।