बुधबार, साउन १३, २०८३

अकस्मात किन भारत जाँदैछन् परराष्ट्रमन्त्री ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुई दिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गर्दैछन् । रायसिना डायलगको चौथो संस्करणमा भाग लिन उनी नयाँदिल्ली जान लागेका हुन् । 

परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा ज्ञवालीले बिहीबारै उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम छ । अब्जर्भर रिसर्च फाउन्डेसनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा यस वर्षको रायसिना डाइलगको विषय (थिम) ‘अ वल्र्ड रिअर्डरः न्यु जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ ।

भ्रमणक्रममा ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । ज्ञवाली शुक्रबार स्वदेश फर्कने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।