एजेन्सी- बुधबार राती भएको फ्रेन्च लिग कप फुटबलमा नेयमारले एक गोल गरेपनि पेरिस सेन्ट जर्मन (पीएसजी)लाई हारबाट बचाउन सकेनन् । घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी गुइनगाम्पसँग २-१ ले परासजत भएको हो ।
यस हारसँगै पीएसजी पतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । पाहुना टोलीलाई जित दिलाउन यनी एनी नागबकोटा र मार्कुस थुरामले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने पीएसजीले नै लिएको थियो ।
पहिलो हाफ गोल रहित बराबरी खेलको खेलको दोस्रो हाफमा नेयमारले गाल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले खेलको ६२ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
तर, त्यसपछि पाहुना टोली गुइनगाम्पले दुई पेनाल्टी पायो । खेलको ८१ औं मिनेटमा गुइनगाम्पका एन नागबकोटाले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा थुरामले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीमाथी २-१ को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गराए हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४