बुधबार, साउन १३, २०८३

नेपाल-जापानबीच के-के सहमति भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता बुधबार बेलुका राजधानीमा सम्पन्न भएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताए। 

कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा, अर्थ, उद्योग, शिक्षा, कृषि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका उच्च अधिकारी सहभागी थिए। 

वार्ताका क्रममा २६ बर्षपछि हवाइ सेवा संशोधनका लागि पत्रमा आदानप्रदान र सम्झौता भएको छ। 

जापानी विदेशमन्त्री तारो कोना सात वर्षपछि नेपालको भ्रमण गरेको बताएका थिए। उनले चाँडो नेपालले जापानको लागि उडान भर्ने विश्वास व्यक्त गरे।

नेपाली कामदारका लागि जापान जाने बाटो खुला भएको छ। जापानको मन्त्रिपरिषद्ले विदेशी कामदार खुला गर्ने निर्णय गरेपनि नेपाली युवा पनि वैदेशिक रोजगारीका लागि जापान जान पाउने भएका हुन्। त्यहाँको मन्त्रिपरिषद्ले मंगलबार विदेशी कामदारसम्बन्धि १ सय २६ बुँदे नीति पारित गर्दै नेपालीसहित ११ मुलुकबाट कामदार लैजाने निर्णय गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।