पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी, मावली देवदह, कपिलवस्तुको तिलौराकोट, जगदीशपुर ताल र नवलपरासीको रामग्राम अवलोकन गराउने गरी हट एयर बेलुन उडाउने तयारी भएको छ।
लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका डा गोविन्द केसीले बुधबारबाट आफ्नो १६ अनशन सुरु गरेका छन्। सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै डाक्टर केसी इलाम बजारको फुलगाछीस्थित सहरी विकासको पुरानो भवनमा १६ औं अनशन सुरु गरेका हुन्। अनसन बस्नका लागि डा केसी मंगलबार इलाम पुगेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवातमै कांग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय दिएका थिए।
नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री गोविन्दराज जोशीको साधारण सदस्यता खारेज गरिएको छ। जिल्ला कार्य समितीले जोशीको साधारण सदस्यता पाँच बर्षका लागी खारेज गरेको हो। नेपाली कांग्रेस जिल्ला कार्य समित तनहुँको सिफारीसमा केन्द्रीय कार्यालयले जोशीको साधारण सदस्यता खारेज गर्न जिल्ला कार्य समिती तनहुँलाई परिपत्र गरेको हो।
हुलाकी सडकअन्तर्गतको कमला र बलान नदीमा पप्पु कन्स्ट्रक्सनले पुल निर्माण नगर्दा सर्वसाधारणलाई सास्ती भएको छ। हुलाकी सडकअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला तथा सिरहा र सप्तरी जोडने बलान नदीमा पुल निर्माणको ठेक्का पाएका पप्पु कन्स्ट्रक्सनले म्याद बितिसके पनि पुल निर्माण गर्न सकेको छैन।
जथाभाबी सवारीसाधन रोकेर ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएपछि 'ह्विल लक' प्रणाली सुरु गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जाम व्यवस्थित पार्न र अनधिकृत पार्किङ निरुत्साहित गर्न ‘ह्विल लक’ गर्ने कार्य सुरु गरेको छ।
हामीमध्ये कतिले मानिसलाई खुला स्थान वा पर्खालमा पिसाब फेरेका देखका छौं र सुनेको पनि छौं। नेपालमा यस प्रकारको अनैतिक क्रियाकलाप हटाउन खुला दिशा पिसाब मुक्त क्षेत्र पनि घोषणा गर्न थालिएको छ।
ढाल तरबार सहित नाचिने भुवा नाच बुधबार धनगढीमा प्रदर्शन गरिएको छ। प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहसहित बाजुरेलीहरुको सहभागिता थियो।
डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ। छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशीला भट्टले बताइन्।
तीर्थ रानाको ह्याट्रिकको मद्दतमा नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपमा विजय भएको छ। धनगढी रंगशालामा बुधबार भएको खेलमा मोरङलाई पराजित गर्न तीर्थले ह्याट्रिक गरेका हुन्।
तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाल आइस खप्तड गोल्डकप अन्तर्गत मंगलबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मोरङ-११ बीच प्रतिस्पर्धा हुने भएको छ।
फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का १९ वर्षीय युवा स्टार खेलाडी केलियन एमबाप्पे विश्वकै सबैभन्दा मूल्यवान् फुटबल खेलाडी बनेका छन्। ‘सिआईइएस फुटबल अब्जरभेटरी’ संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एमबाप्पे विश्वकै सर्वाधिक मुल्यवान खेलाडी बनेक हुन्।
पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन्। पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...