सोमबार, चैत २, २०८२

पाकिस्तानका टेलिभिजनले सयन कक्षको दृश्य देखाउन नपाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इस्लामाबाद- पाकिस्तानका टेलिभजन च्यानलले सयन कक्षको र महिला र पुरुषको अन्तरङ्ग दृश्य देखाउन नपाउने भएका छन्। 

पुरातनवादी समाज रहेको देश भएकाले टेलिभिजनले यस्ता दृश्य देखाउन उपयुक्त नहुने भन्दै आवाज उठेपछि यस्तो घोषणा गरिएको हो। पाकिस्तानको विद्युतीय सञ्चारमाध्यम नियमन प्राधिकरण (पीईएमआरए)ले अश्लील दृश्य देखाउन नपाइनेसम्बन्धी निर्देशन मङ्गलबार जारी गरेको छ। 

निर्देशनमा सञ्चारमाध्यमसम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न र देशको सामाजिक अवस्थाको ख्याल गर्न आग्रह गरिएको छ। 

“पाकिस्तानी नाट्य उद्योगमा बनाइएका कतिपय दृश्यका बारेमा व्यापक गुनासा र आलोचना भएकाले अश्लील लाग्ने दृश्य कटौती गर्न तथा प्रसार नगर्न आग्रह गरिन्छ,” पीईएमआरएद्वारा जारी वक्तव्यमा उल्लेख छ। 

वक्तव्यमा लेखिएको छ, “भद्दा र अशोभनीय दृश्य, संवाद, विवाहपछिका क्रियाकलाप, हिंसात्मक गतिविधि, अपर्याप्त पोशाकका कारण उत्तेजक अवस्था, बलात्कारका दृश्य, सयन कक्षभित्रको दृश्य, मादक पदार्थ र लागुऔषधको प्रयोग गरेको दृश्य, महिला र पुरुषको अन्तरङ्ग सम्वन्धलगायतले पाकिस्तानी संस्कृती र मूल्यमान्यतालाई असर पर्ने भएकाले त्यस्तो नदेखाउनु हुन आग्रह गरिन्छ।” 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।