बुधबार, साउन १३, २०८३

 चोरीको इन्धनसहित रिक्सा चालक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- सडक छेउ  पार्किङ गरी राखिएको टिपरबाट इन्धन चोरी गरी लैजाँदै गरेको अवस्थामा अटो रिक्सासहित चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

वीरगंज महानगरपालिका वडानम्बर १५ लक्ष्मणवा ढाँट नजिकै पार्किङ गरी राखिएको ना.३ ख.९२४०, ना.४ ख.१७६६ र ना.४ ख २६९४ नं.को टिपरबाट दुई सय लिटर भन्दा बढी डिजेल चोरी गरी ग्यालेनमा राखेर लैजाँदै गरेको अवस्थामा ना१ ह ४०७२ नम्बरको अटो चालकलाई सोधपुछ गर्दा चालकसँगै सवार अर्का व्यक्ति फरार भएपछि चोरी बारे प्रकाशमा आएको हो।

प्रहरीले अटो रिक्सा चालक वीरगंज महानगरपालिका-१५ निवासी जय प्रकाश साहलाई पक्राउ गरेको हो।

यसैबीच प्रहरीले लक्ष्मणवास्थित दिपक एण्ड राहुल इन्टरप्राईजेजमा छापा मारेको छ। नेपाल आयल निगमको गाडीबाट अनधिकृत रुपमा तेल चोरी गरी बेचेको जानकारी पाएपछि प्रहरीले छापा मारेको हो। छापा मार्ने क्रममा पसलका संचालक लालबाबु साह कानु र दिपक साह कानु फरार भएको प्रहरीले दाबी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।