बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरका मेयरको कामकारबाहीबाट वडाअध्यक्ष नै असन्तुष्ट

जनकपुरका मेयरको कामकारबाहीबाट वडाअध्यक्ष नै असन्तुष्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर र वडाध्यक्षहरुबीचको विवाद सतहमा आएको छ। संवैधानिक व्यवस्थाअनुसार आफूहरुलाई अधिकार प्रत्यायाजन नगरिएको भन्दै रुष्ट बनेका वडाअध्यक्षहरु मेयरको विरोधम उत्रिएका छन्।

जनकपुरका मेयर लालकिशोर साहबाट असन्तुष्ट अधिकांश वडाअध्यक्षहरुले १६ बुँदे माग राख्दै विहिरबार ज्ञापन पत्र बुझाएका छन्। वडाध्यक्षहरुले पौष मसान्तभित्र माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए माघदेखि चरणवद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

असन्तुष्ट वडाअध्यक्षहरुले संवैधानिक व्यवस्थाअनुसार अख्तियार पत्यायोजन गर्नुका साथै वृद्धि गरिएका स्थानीय करहरु पहिलकै अवस्थामा ल्याउन माग गरेका छन्। यसैगरी वडा कार्यालयको दैनिक कार्य, भैपरी आउने कार्यका लागि स्वायत्त व्यवस्था हुनुपर्ने उनीहरुको माग छ।

वडा कार्यालयमा आवश्यक पर्ने मानवीय, भौतिक, आर्थिक, संशोधनका स्वायत्त परिचालनको व्यवस्था गर्नसमेत वडाअध्यक्षहरुले नगर प्रमुखसँग माग गरेका छन् ।
वडाअध्यक्षहरुले वडा कार्यपालिका बैठकमा आफ्नो एजेन्डा राख्नुका साथै छलफल गर्न पाउने अधिकारको वातावरण सृजना गरी कार्यपालिका बैठक पारदर्शी गर्न माग गरेका छन्।

संवैधानिक प्रावधानअनुसार बजेट विनियोजन गरी वडाको कार्यभारअनुसार कर्मचारी व्यवस्था गर्न उनीहरुको माग छ। वडा कार्यालयहरुमा आवयकता अनुसार जनशक्ति नहुँदा सेवाग्रहीको काम प्रभावित हुँदै आएको वडाअध्यक्षरुको माग छ।

उनीहरुले परिक्रमा क्षेत्रभित्र अव्यवस्थित तरिकाले बिक्रि वितरण हुँद आएको मांस मदिरा बेचविखनमा रोक लगाउनुका साथै अवकाश प्राप्त गरी सकेका कर्मचारीहरुलाई यथशीघ्र पदमुक्त गरी युवा पिढीलाई अवसर दिन नगर प्रमुखसँग माग गरेका छन्।

यसैगरी नगर प्रहरी वडाभित्र कामकाज गर्न जाँदा सम्बन्धीत वडाअध्यक्षसँग समन्वय गरी जानुपर्ने नगर प्रहरी तथा अन्य कर्मचारी भर्ना गर्दा कार्यपालिका बैठकबाट पारित गरी कानुन बमोजिम भर्ना प्रक्रिया अघि बढाउनु पर्ने, दैनिक ज्यालादारीमा भर्ना भएका कर्मचारीहरुको व्यय कार्यपालिका बैठकमा प्रत्येक महिना पेश गर्नुपर्ने लगायतका माग वडाअध्यक्षहरुले अघि सारेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा राजपाबाट लालकिशोर साह निर्वाचित भएका छन्।  ज्ञापन पत्र बुझाउनेहरुमा राजपाबाट निर्वाचित वडाअध्यक्षहरु समेत रहेका छन्। ज्ञापन पत्र बुझाउन गएका १६ जना वडाअध्यक्षहरु मध्ये ९ जना राजपा, ५ जना नेपाली कांग्रेस, १ जना तत्कालीन एमाले र १ जना स्वतन्त्रबाट निर्वाचित भएका छन्।

नगरप्रमुख साह कार्यालयमा उपस्थित नरहेकोले असन्तुष्ट वडाअध्यक्षहरुले प्रशासकीय अधिकृत उमेश ढुंगानालाई ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा शत्रुध्न यादव, परमेश्वर साह, मिथिलेश कर्ण, शत्रुध्न साह, सत्यनारायण साह, शिवकुमार साह, अशोककुमार चौधरी, मनोज साह, सुदर्शन सिंह, शुभनारायण मण्डल, रमेश ठाकुर, रामअशिष पंजियार, भोगेन्द्र झा, रामचन्द्र साह, जगन्नाथ साह र जानकीराम साहको हस्ताक्षर छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।