काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री गोविन्दराज जोशीको साधारण सदस्यता खारेज गरिएको छ। जिल्ला कार्य समितीले जोशीको साधारण सदस्यता पाँच बर्षका लागी खारेज गरेको हो।
नेपाली कांग्रेस जिल्ला कार्य समित तनहुँको सिफारीसमा केन्द्रीय कार्यालयले जोशीको साधारण सदस्यता खारेज गर्न जिल्ला कार्य समिती तनहुँलाई परिपत्र गरेको हो।
नेपाली काँग्रेसले तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारविरुद्ध विद्रोही उम्मेद्वार बनेकाको पार्टी सदस्यता खारेज गरिएको छ। पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) ख तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) बमोजिम पाँच वर्षका लागि उनीहरुको पार्टी सदस्यता खारेज गरिएको हो।
पाटीका वरिष्ठ नेता रामचन्द्र पौड्यालविरुद्ध बागी उमेद्धवारी दिएका जोशीको जिल्ला निर्वाचन आयोग तनहुँले उमेद्वारी खारेज गरेको थियो। पार्टीका आधिकारिक उमेद्वार पौडेलविरुद्ध स्वतन्त्र उमेद्वारी दिएका जोशी र उनको उमेद्वारीमा प्रस्ताव गर्ने रामदेव पन्त र सर्मथक हरिशरण पन्डितलाईसहित पूर्व सांसद उर्मिला थापा, महासमिती सदस्य बाल कुमारी लोहन, र महाधिवेशन प्रतिनीधी चीनु पोख्रेललाई पनि कारबाहीको सिफारीस गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालले जिल्ला कार्य समिती तनहुँलाई पत्रचार गरेको नेपाली काग्रेस जिल्ला कार्य समिती तनहुँका कोषाध्यक्ष रेशम गुरुङले नेपाल समयलाई जानकारी दिएका छन्।
भ्रष्टाचारको आरोप लागेका जोशीलाई विषेश अदालतले २०६९ साउन १० गते दोषी ठहर गरेको थियो। अदालतको फैसलाविरुद्ध जोशीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ।
तनहुँबाट महासमिती सदस्यसमेत रहेका जोशीलाई १३ औं महासमिती बैठकमा सहभागी हुन नदिएपछि उनले तनहुँमा बिशेष अधिवेशनको माग गर्दै आएका थिए।
तनहुँ क्षेत्र नम्बर-१ का आधिकारिक उम्मेद्वार वरिष्ठ नेता रामचन्द्र पौडेललाई अर्न्तघात गरेको भन्दै तनहुँ कांग्रेसले १५ जनालाई कारबाहीको सिफारीस गर्दै केन्द्रीय कार्यालयमा पत्रचार गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४