बुधबार, साउन १३, २०८३

युवतीले सुपरमार्केटभित्रै पिसाव फेरेपछि ...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हामीमध्ये कतिले मानिसलाई खुला स्थान वा पर्खालमा पिसाब फेरेका देखका छाैं र सुनेको पनि छौँ । नेपालमा यस प्रकारको अनैतिक क्रियाकलाप हटाउन खुला दिशा पिसाब मुक्त क्षेत्र पनि घोषणा गर्न थालिएको छ । 

सभ्य मानिएका विदेशमा पनियस्ता घटना सुन्न पाइन्छ । तर, सुपरमार्केटको जहाँ  दैनिक उपभोग्य वस्तु किनमेल हुन्छ, मानिसको बढी चहलपहल हुन्छ त्यहाँ खुला रूपमै पिसाब गरेको घटना कति लज्जास्पद होला ? यस्तै, एक घटना अष्ट्रेलियाको ‘फुडवोर्क’ सुपरमार्केटमा भएको छ । 

क्विनल्यान्डस् राज्यको कोलिनभिल सहरमा ‘रहेको उक्त सुपरमार्केटमा मंगलबार एक महिलाले खुला रूपमै पिसाब गरेकी छन् । सिसिटिभीमा कैद भएको ‘फुटेज’ अनुसार ती महिलाले असाध्यै च्यापेपछि आफूले लगाएको सुरूवाल फुकालेर पिसाब गरेकी थिइन् ।

‘फुडवोर्क’ ले आफ्नो फेसबुक पेजमा ती महिलाको अनुहार ‘ब्रल्र’ गरेर ‘तपाईंहरूलाई ट्वाइलेट आवश्यक भएमा सोध्नु होला, फ्लोरमै पिसाब नगर्नेु होला’ लेखी भिडियो पोस्ट गरेको थियो ।  
उक्त फुटेजको धेरैले ती महिलालाई नराम्रो प्रतिक्रिया दिएका थिए । सोही कारण  ‘फुडवोर्क’ ले उक्त भिडियो हटाएको थियो । साथै ती महिलाले उक्त सुपरमार्केटबाट  सामान पनि चोरी गरेको फुटेजमा कैद भएको छ । ‘फुडवोर्क’  सुपरमार्केटका मालिकले महिलाविरूद उजुरी पनि दिएका छन् । 

तर, यो घटना अस्ट्रेलियामा पहिलो भने होइन । गत महिना क्विनस्ल्यान्डकै टाउन्सभिल सहरको ‘रेड रोस्टर’ फुड स्टोरमा एक पुरुषले दिसा गरेका थिए ।

सिसिटिभीमा कैदी भएको फुटेजमा धर्को सर्ट, कालो प्यान्ट र ह्याट लगाएका पुरुषले उक्त ‘फुड मार्केट’ बाहिरको ‘डस्ट–बिन’ को पछाडि दिसा गरेको भेटिएको थियो । 
रेड रोस्टरका म्यानेजरले सार्वजनिक शौचालयको व्यवस्था भए पनि किन यस्तो भइरहेको बुझ्न नसकेको बताए ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।