मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ह्यारी केन विनै नुनोले टोटेनहमलाई दिलाए म्यानचेस्टर सिटीविरुद्ध जित

ह्यारी केन विनै नुनोले टोटेनहमलाई दिलाए म्यानचेस्टर सिटीविरुद्ध जित

आफ्नो प्रमुख स्ट्राइकर ह्यारी केन अनुपस्थित रहेको खेलमा टोटेनहम हट्स्परले साविक प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीमाथि जित निकालेको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– आफ्नो प्रमुख स्ट्राइकर ह्यारी केन अनुपस्थित रहेको खेलमा टोटेनहम हट्स्परले साविक प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीमाथि जित निकालेको छ।

National life

टोटेनहम हट्स्पर मैदानमा आइतबार राति सम्पन्न प्रिमियर लिगको पहिलो चरणको खेलमा घरेलु टिमले सिटीमाथी १–० गोलको जित निकालेको हो।

जितका लागि एकमात्र गोल गर्ने खेलाडी रहे दक्षिण कोरियन फरवार्ड सन ह्युङ मिन। उनले खेलको ५५औं मिनेटमा विंगर स्टेभेन बेर्जबाइनले दिएको पासमा गोल गरेका थिए।

६० हजार दर्शकसामू पेप ग्वार्डिओलाको टिम सिटीविरुद्ध ३४ प्रतिसत समय मात्र बलमा पकड बनाए पनि टोटेनहमले जित निकालेको थियो। यता सिटीका सबै (१८) प्रहार खेर गएका थिए। त्यसमा चार प्रहार पोस्टको दिशामा गए पनि गोलकिपर हुगो ल्लोरिसले गोल हुनबाट बचाए।

यता म्यानचेस्टर सिटी जाने हल्ला चलिरहेको सेन्टरल फरवार्ड केन भने फिटनेसको अभावका कारण खेलमा उपस्थित थिएनन्। केन पछिल्लो सिजनका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले अघिल्लो सिजन २४ गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

प्यारापिटमा निकै आक्रामक देखिएका सिटीका समर्थकले ‘ह्यारी केन ब्लूज(म्यानचेस्टर सिटी) जान चाहन्छन्’ भन्दै नारा लगाएका थिए। यता ग्वार्डिओलाले पछिल्लो केहि दिनदेखि संरक्षण गर्दै आएका ज्याक ग्रेलिसले भने मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि उनको कुनै मुभले गोलको लागि योगदान दिन सकेन।

त्यस्तै, अन्तिममा आफ्नो प्रदर्शनबाट टोटेनहमले ‘सिटीमा ह्यारी केनको माग व्यर्थ’ रहेको जवाफ दियो। युरोपछिको विदा मनाएपछि केन अहिले फिट नरहेको भन्दै टोटेनहमले केनलाई खेलमा उपस्थित गराएको थिएन।

शनिबार रातिको खेलबाट टोटेनहमका नयाँ प्रशिक्षक नुनो स्प्रिरिटोले लिगको सानदार सुरुआत गरेका छन्। प्रशिक्षक नपाएर लामो समय आलोचित बनेको टोटेनहमले अन्तिममा उल्भरह्याम्टन वान्डरर्सका नुनोलाई आफ्नो मूख्य प्रशिक्षक बनाएको थियो। उनले पहिलो खेलमै आफ्नो प्रतिबद्धता अनुसारको खेल प्रस्तुत गरेका छन्।

त्यसैले टोटेनहमलाई ‘ह्यारी केनको टिम’ भन्ने गरेका ग्वार्डिओलाले केनविना त्यहि टिमसँग हार बेहोरेपछि टोटेनहमका समर्थकले त्यसको पनि चर्चा गरिरहेका छन्। तर, यो खेल र सिटीविरुद्धको जितले टोटेनहमले केनविना पनि उत्कृष्ट खेल्न सक्छ भन्ने देखाएको बीबीसीका प्रमुख फुटबल लेखक फिल म्याक नुल्टी उल्लेख गरेका छन्।

‘हाम्रो खेलाडीले धेरै अभ्यास गरेका छन्। त्यसअनुसार आज प्रदर्शन गरे। केही समयदेखि अभ्यास गरिरहेको सबै कुरा त मैदानमा देखिन बाँकी छ। तर, आज मैदानमा खेलाडीले धेरै अभ्यास गरे,’ नुनोले खेलपछि भने।

उनले टोटेनहम हट्स्पुरको मैदानमा हरेक दिन खेलाडीबारे नयाँ-नयाँ कुरा जान्ने अवसर आफूले पनि पाएको बताएका छन्।

यो जितसहित टोटेनहमले तीन अंक जोडेर १०औं स्थानमा छ। त्यसअघिका सबै नौ टिमले समान ३–३ अंक जोडेका छन्।

यता शनिबार रातिकै खेलमा न्युकासलले भने घरेलु मैदानमा वेस्ट हामसँग ४–२ गोलको हार बेहोरेको छ।

प्रकाशित: Aug 16, 2021| 07:37 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।