बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिसो बढेसँगै अस्पतालमा निमोनियाका बिरामीको ‌‌‌‌‌चाप

चिसो बढेसँगै अस्पतालमा निमोनियाका बिरामीको ‌‌‌‌‌चाप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगन्ज- तापक्रम घट्दै जाँदा यहाँको अस्पतालमा रुघाखोकी, झाडापखाला र निमोनियाबाट ग्रसित बिरामीको चाप बढेको छ ।

मौसम चिसिएका कारण वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । उनीहरुलाई विशेष स्याहार आवश्यक हुने भएकोले मौसम बदलिने समयमा रोगको संक्रमण छिटो हुने गरेको चिकित्सकले बताए ।बालबालिकामा  झाडापखाला, निमोनिया र रुघाखोकी देखापरेको छ । 

नारायणी उपक्षेत्रीय अस्पतालमा अहिले दिनहुँ सयजना बालबालिका उपचारका लागि आउने गरेकोमा ७० जनामा कोल्ड डाइरिया, निमोनिया तथा रुखाखोकीको समस्या देखापरेको सूचना अधिकारी रमेश चौधरीले जानकारी दिए ।

बालबालिकाको अभिभावकले व्यक्तिगत सरसफाइमा ध्यान नदिने, आमाले साबुनपानीले हात नधोई स्तनपान तथा अन्य खानेकुरा खुवाउनु, बच्चाले हात सफा नगरी औंला चुस्ने, फोहोर हातले खाना खाने कारणले कोल्ड डायरिया हुने गरेको बालरोग विशेषज्ञ डा. आनन्दकुमार झाको भनाइ छ ।

बालबालिकाको नाकमुख नियमित सफाई नगर्दा, धेरै लुगा लगाइदिँदा पसिना आएर शशीरमै पसिना सोस्ने हुँदा निमोनियाको संक्रमण हुने बालरोग विशेषज्ञ डा. अशोक दासले बताए । डा. दासका अनुसार जाडोमा न्यानो पार्न धेरै लुगा लगाइदिँदा, फोहोर लुगा लगाइदिँदा पनि बालबालिका बिरामी हुने सम्भावना हुन्छ ।

धुवाँधुलामा हिँड्दा माक्स लगाउने, मनतातो पानी खाने, सरसफाइमा ध्यान दिने साथै चुरोट नखाने गर्नाले ठूला व्यक्ति पनि श्वासप्रश्वाससम्बन्धी रोगबाट जोगिन सक्ने चिकित्सकले सुझाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।