बुधबार, साउन १३, २०८३

बाजुरामा छाउगोठभित्रै जलेर तीन आमाछोराको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-  बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगापानी भुगेचौर गाउँमा छाउपडी गोठमा जलेर तीन आमा छोराको ज्यान गएको छ ।

महिनावारी हुँदा दुई छोरासहित घरसँगै जोडिएको छाउपडी गोठमा सुतेको अवस्थामा ३५ वर्षीया अम्बा बोहोरा र उनका १२ बर्षीय छोरा सुरेस र ९ बर्षीय छोरा रमित बोहोराको ज्यान गएको हो । 

इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख प्रहरी नायव निरीक्षक शेरबहादुर कुँवरले दिएको जानकारी अनुसार तीनै आमा छोराको शरिरको केहि भाग जलेको छ । प्रहरीका अनुसार बिहान सासु बिशु बोहोरा बुहारीलाई उठाउन जाँदा तीनै आमा छोरा जलेको अवस्थामा भेटिएका थिए ।

साँघुरो गोठमा राति आगो बालेर सुतेको बेला आगो कपडामा सल्किएको प्रहरीले जानकारी दिएको छ । ‘साघुरो गोठ त्यसैमा ढोका पुरै ढाकेर सुतेकाले धुँवाले निसासिएको जस्तो देखिन्छ’ कुँवरले भने,‘धुँवाले निसासिँदा छटपटिए र आगो लागेको जस्तो देखिन्छ ।’ मृतकका श्रीमान काखी बोहोरा रोजगारीको सिलशिलामा भारतमा रहेको बुझिएको छ । 

जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी टोलीले घट्नास्ल पुगिसेको छ । मृतकहरु वडा अध्यक्ष खडक बोहोराका भाई बुहारी र छोराहरु रहेको बुझिएको छ । 

छाउपडी कुप्रथा बार्ने प्रचलनका कारणले सुदूरका पहाडी जिल्लामा बर्षेनी थुप्रै महिला बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको छ । छिमेकी जिल्ला अछाममा मात्रै करिव डेढ दशकको अवधिमा छाउपडी गोठमा ज्यान गुमाउने १४ महिला तथा किशोरी मध्ये आधाजसोको ज्यान जोडोयाममा गोठमा धुँवाले निसासिएर गएको छ । साघुँरो गोठमा हावा छिर्ने कुनै ठाउँ नहुँने र साँघुरो ढोकामा पनि कपडा वा परालले टालेर भित्र आगो बालेर सुत्ने गर्नाले निसासिएर ज्यान गएको प्रहरीले अनुमान गरेको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।