बुधबार, साउन १३, २०८३

अब छाउपडी प्रथा मान्नेको सुविधा कटौती 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
अमरगढी- डडेल्धुराको भागेश्वर गाउँपालिकाले गाउँसभाबाट ‘मर्यादित छाउपडी वर्ष २०७५’ घोषणा गरेको छ।

छाउपडी प्रथाको अन्त्यका लागि ‘मर्यादित छुई वर्ष अभियान’ थालिएको गाउँपालिकाका अध्यक्ष कौशीला भट्टले बताइन्। देउता रिसाउने डरले छाउपडी भएका महिला घरभन्दा बाहिर छाउगोठमा बस्ने र छाउपडी भएका बेला दूध, दही, घ्यूलगायत खानेकुरा खाए देवी रिसाउनेजस्ता कुरीति हटाउन चेतनामूलक अभियान थालिएको उनको भनाइ छ।

“अभिभावकले छाउपडी भएका बेला विद्यालय जानबाट बञ्चित गरिएको भेटिएमा वा छाउपडी भएका महिलालाई छाउगोठमा राखिएको पाइएमा गाउँपालिकाबाट पाउने सेवासुविधा कटौती गर्ने निर्णय गरेका छौँ,” उनले भनिन्। सो निर्णय हालैको गाउँसभाबाट पारित गरिएको हो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।