बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद बैठक आज, प्रश्‍न सोध्‍न नपाए अवरुद्ध गर्ने कांग्रेसको चेतावनी 

संसद बैठक आज, प्रश्‍न सोध्‍न नपाए अवरुद्ध गर्ने कांग्रेसको चेतावनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक बुधबार (आज) बस्दैछ । आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीलाई प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसले रोष्टम घेराउ गरेपछि बैठक स्थगित भएको थियो । 

कांग्रेसले सभामुख कृष्णबहादुर महराले प्रश्न सोध्न पाउनुपर्ने अधिकारबाट बन्चित गरेको भन्दै रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक बस्न सकेको थिएन । आजको बैठकमा पनि सरकारका काम कारवाहीबारे प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएसम्म बैठक चल्न नदिने कांग्रेसको तयारी छ । आजको बैठक दिउसो १ बजे सुरु हुने छ । 

महरा सभामुख भन्दा नेकपाको नेता जसरी संसदमा प्रस्तुत भएको भन्दै कांग्रेसले आलोचना गरेको  छ। उसले नियमअनुसार प्रधानमन्त्रीलाई प्रतिपक्षी दलले प्रश्न गर्न पाउनु पर्ने भए पनि महराले रोकेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ । 

बुधबारको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न पाउनुपर्ने माग गर्ने जनाएको छ । हिजो संसदीय दलको बैठक मार्फत प्रश्न गर्ने ब्यवस्था गर्न सभामुख महरासँग आग्रह गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।