एजेन्सी- फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का १९ वर्षीय युवा स्टार खेलाडी केलियन एमबाप्पे विश्वकै सबैभन्दा मूल्यवान् फुटबल खेलाडी बनेका छन् । ‘सिआईइएस फुटबल अब्जरभेटरी’ संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एमबाप्पे विश्वकै सर्वाधिक मुल्यवान खेलाडी बनेक हुन् ।
उक्त संस्थाले खेलाडीको विभिन्न पक्षबारे अनुसन्धान गर्दै प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन अनुसार एमबाप्पेले आफ्नै टिममेटसमेत रहेका ब्राजिलियन नेइमारलाई पनि पछि पारेका छन् ।
विश्वकपकप विजेता एमबाप्पेले ५-५ पटक बालोन डि’ओर जितेका अर्जेन्टिना तथा बार्सिलोनाका लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई समेत पछि पारेका छन् ।
सर्वाधिक मूल्यवान् खेलाडीको सूचीको दोस्रो नम्बरमा इंग्लिस क्लब टोटनह्याम तथा इंग्ल्यान्डका ह्यारी केन रहेका छन् । चौथो नम्बरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ छन् भने पाँचौंमा इंग्लिस क्लब लिभरपुल तथा इजिप्टका मोहमद सालह रहेका छन् ।
यता, बार्सिलोनाका मेस्सी भने सो सूचीको सातौं स्थानमा मात्रै रहेका छन् । मेस्सी आफ्नै देशका युवा खेलाडी पाउलो डिबालाभन्दा पनि पछि छन् । मेस्सी सातौंमा पर्दा युभेन्टसका रोनाल्डो भने मुस्किलले टप-२० मा परेका छन् । उनी मात्रै १९औं स्थानमा रहेका छन् ।
शीर्ष १० मुल्यवान खेलाडी
केलियन एमबाप्पे, पिएसजी- २१८.५ मिलियन युरो
ह्यारी केन, टोटनह्याम- २००.३ मिलियन युरो
नेइमार जुनियर, पिएसजी- १९७.१ मिलियन युरो
रहिम स्ट्रलिङ, म्यानचेस्टर सिटी- १८५.८ मिलियन युरो
मोहमद सालाह, लिभरपुल- १८४.३ मिलियन युरो
पाउलो डिबाला, युभेन्टस- १७१.९ मिलियन युरो
लिओनल मेस्सी, बार्सिलोना- १७१.२ मिलियन युरो
रोमेलु लुकाकु, म्यानचेस्टर युनाइटेड- १६२.० मिलियन युरो
फिलिपे कोउटिन्हो, बार्सिलोना- १५७.० मिलियन युरो
साने, म्यानचेस्टर सिटी- १५६.१ मिलियन युरो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४