बुधबार, साउन १३, २०८३

वीरगञ्जमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको रङ्गशाला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगञ्ज- प्रदेश २ का भौतिक, पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनलले वीरगन्जमा रहेको रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाएर खेदकूदको विकास गरिने बताएका छन् ।  

मंगलबारदेखि वीरगञ्जमा आयोजित प्रथम इण्डो नेपाल तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिता–२०७५ को उद्घाटन गर्दै उनले प्रदेश सरकारले सो रङ्गशालाको स्तरोन्नति गर्न रु एक करोड विनियोजन गरेको जानकारी गराए । 

आयोजक समितिका संयोजक शिवशङ्कर पटेलको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, पर्साका प्रजिअ नारायणप्रसाद भट्टराई, राजपाका राजेशमान सिंह, नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्याम बञ्जारालगायतले खेलप्रति प्रदेश सरकार उदासीन रहेको आरोप लगाए ।

तीन दिनसम्म चल्ने सो प्रतियोगितामा नेपालका सातवटै प्रदेशका खेलाडीलगायत छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट आएका तेक्वान्दो खेलाडीको सहभागिता छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।