बुधबार, साउन १३, २०८३

ऐतिहासिक सम्पदा पुनःनिर्माण सुस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काभ्रेपलाञ्चोक- भूकम्पबाट क्षतिग्रस्त जिल्लाका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा सुस्तता देखिएको छ । भूकम्पबाट जिल्लाका ६८ ऐतिहासिक सम्पदा क्षतिग्रस्त भएका थिए । 

पुरातत्व विभागको तथ्याङ्क अनुसार हाल २३ मन्दिर र पाटी (सत्तल) निर्माणाधीन अवस्थामा छन् । दाप्चास्थित भीमसेन मन्दिरको सत्तलको निर्माण सम्पन्न भएको छ । विभागका अनुसन्धान अधिकृत मोहनसिं लामाले सम्पदा पुनःनिर्माणका लागि बजेट ढिला निकास हुनु तथा दक्ष कालीगढको अभावले सम्पदा निर्माणमा ढिलाइ भएको बताए । उनले भने, “कलात्मक झ्याल, ढोका र थाम बनाउन कालीगढ नपाउँदा निर्माणमा समस्या भएको हो, निर्धारित समयमा निर्माण सक्न मुस्किल छ ।” 

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण सङ्घीय सरकारले गर्दै आएको छ । विभागले केन्द्रीयस्तरबाटै सम्पदा पुनःनिर्माणका लागि छुट्टाछुट्टै टेण्डर आह्वान गर्ने गरेको लामाले बताए । “जिल्लाका बाँकी सम्पदा पुनःनिर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाएका छौँ,” उनले भने ।  

सम्पदाको पुनःनिर्माण परम्परागत शैलीमै निर्माण गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी लीला लामाले बताए । उनले भने, “फरक–फरक कालीगढ र निर्माण सामग्री तथा कच्चा पदार्थ प्रयोग गर्नुपर्ने हुन्छ ।” हाल नमोबुद्धस्थित बौद्धचैत्य परिसरमा रु ७४ लाखको लागतमा दुईतले सत्तल निर्माण भइरहेको छ । क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण गर्ने अवधि अब दुई वर्ष मात्र बाँकी छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।