बुधबार, साउन १३, २०८३

यस बर्षको अफ्रीका कप अफ नेसन्स इजिप्टमा हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- यस बर्षको अफ्रीका कप अफ नेसन्स फुटबल प्रतियोगिता इजिप्टमा आयोजना हुने भएको छ । सेनेगलमा बसेको अफ्रीका महादेश फुटबल महासंघको बैठकबाट इजिप्टले अफ्रीका कप अफ नेसन्स गर्ने जिम्मेवारी पाएको हो ।

उक्त प्रतियोगिताका लागि भएको मतदानमा इजिप्टले १३ बल प्राप्त गरेको थियो । अब हुने यो अफ्रीका कप अफ नेसन्सको ३२ औं संस्करणको हो । 

यसअघि यस बर्षको अफ्रीका कप अफ नेसन्सको आयोजना गर्ने जिम्मेवारी क्यामरुनले पाएको थियो । तर, भौतिक पूर्वाधार नबनेकाले पुनः प्रतियोपगता आयोजनाका लागि आहावन गरिएको थियो । 

जसमा इजिप्टले मतदान माफर्त ३२ औं संस्करणको प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको हो । यस संस्करणको अफ्रीका कप अफ नेसन्समा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता जुन र जूलाईमा आयोजना हुनेछ ।

इजिप्टले अफ्रीका कप अफ नेसन्सको उपाधि ७ पटक जितेको छ भने क्यामरुनले ५ पटक जितेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।