धनगढी- तेस्रो संसकरणको नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक आयोजक सुदुरपश्चिम-११ स्पोर्ट्स क्लब र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टरसँग पराजित भएको छ ।
निर्धारित समयको खेलमा दुबै टोलीबाट कुनै गोल हुन नसक्दा पेनाल्टीसुट आउटमा काक्करभीट्टाले ७-६ ले विजय भएको हो । खेल ढिलो सुचारु भएकाले खेलको समया अवधी ७० मिनेटमा झारिएको थियो ।
काक्करभीट्टाका लागि पेनाल्टीसुट आउटमा दीप कार्की, विशाल राई, विश्वस श्रेष्ठ, निसान लिम्बु, विकास राई, भुसन लिम्बु र अजित गुरुङले गरेका थिए । यता सुदुरपश्चिम-११ का लागि कप्तान चेतन थारु, नरेन्द्र चौधरी, फिलिप लामाङ, अब्दुल रहमान, विजय सिंह ठकुरी र बिनोद केसीले गोल गरेका थिए ।
म्यान अफ दी म्याच काक्करभीट्टाका गोलरक्षक दीप कार्की भए । धनगढी रंगशालामा भएको खेलमा आयोजक टोली सुदुरपश्चिम-११ ले निकै नै आक्रमक खेल प्रस्तुत गरेपनि गोल गर्न भने सकेन ।
पहिलो हाफको सुरुवाती समयमा नै सुदुरपश्चिम-११ ले केही अवसर हरु खेर फालेको थियो । पहिलो हाफमा ११ औं मिनेटमा पाएको फ्रि-किकमा सुदुरपश्चिम-११ कप्तान चेतन थारुले गरेको प्रहार करसरबारको केहि माथिबाट बाहिरिएको थियो ।
त्यसपछि १३ औं मिनेटमा जिवन चौधरीले गरेको प्रहार काक्करभीट्टाका गोल रक्षक दीप कार्कीले क्लियर गरेका थिए । त्यसपछि लगातार सुदुरपश्चिम-११ ले खेलमा पकड जमाए पनि गोल गर्न भने सकेन ।
दोस्रो हाफमा सुदुरपश्चिम-११ ले मध्यम खालको खेल प्रस्तुत गरेको थियो । प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । सो अवसरमा भट्टले खोलकुदले व्यक्ति स्वयम् र सिंगो राष्टको बिकासमा महत्वपूर्ण टेवा पुग्ने भएकाले प्रदेश सरकार खेल क्षेत्रको बिकासमा दत्तचित्त भएको लागिपरेको बताए ।
उद्घाटन समारोहमा प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह तथा धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले प्रतियोगिता सफल्ताको शुभकामना दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४